Why Pragyan Pathashala
..................
..........
Notice
Our Facilities
-
Our Facilities
• पूर्वप्राथमिक तह देखि नै पूर्णरुपमा पाठ्यक्रममा आधारित शिक्षण सिकाइ क्रियाकलाप ।
• शिक्षण सिकाइमा वहु-पाठ्यपुस्तक र प्रविधिको प्रयोग मार्फत सिकाइलाई रमाइलो र अर्थपुर्ण बनाउने र सिकाइ-अनुभव र अवसरहरुमा विविधता ल्याउने ।
• मन्टेश्वरी विधि, किन्डरगार्टेन सिद्धान्त र बालसिकाइका अन्य नविनतम विधि र तरिकाहरुको प्रयोग ।
• बालबालिकाहरुका विशेष प्रतिभा, क्षमता, रुचि र सम्भाव्यताहरुको अध्ययन र पहिचान गरी अभिभावकलाई परामर्स दिने ।
• सहयोगात्मकसिकाइ क्रियाकलापहरु संचालन गरेर सहयोगी भावनाको विकासका साथै स्वस्थ प्रतिस्पर्धा गराउने ।
• बालबालिकाहरुको चौतर्फी विकास र सिकाइको शुक्ष्म अनुगमन र निरन्तर मूल्याङ्कन गरी अभिलेख राखिने
• सुरक्षित वातावरण, लचिलो कक्षाकोठा व्यवस्थापन, स्वच्छ पिउने पानी, पोषणयुक्त खाजा, सहज पहुँचयुक्त शौचालय सहित पूर्णरुपमा बालमैत्री सिकाइ वातावरण भएको ।
• बालविकासको सिद्धान्त र उमेर अनुसार पाठ्यक्रममा निर्धारित शुक्ष्म र स्थुल अंग विकासका क्रियाकलापहरु संचालन गरेर शारीरिक विकासमा सहयोग पुर्याउने ।
• नियमित रुपमा अतिरिक्त र सह-क्रियाकलापहरु संचालन गरेर सिकाइमा सक्रियता बढाउने ।
प्रत्येक बच्चा आफैमा विशिष्ट हुने भएकोले सधैं अरुसँग तुलना मात्र नगरौं ; सबैलाई आ-आफ्नो क्षमता, रुचि, गति र आवश्यकता अनुसार सिक्ने वातावरण निर्माण गरौं ।
बालविकास र सिकाइबारे विद्यालयको दृष्टिकोण, योजना र कार्यक्रमहरुका सम्बन्धमा बिस्तृत जानकारी लिन र बालमैत्री सिकाइ वातावरणको अवलोकन गर्न यहाँहरु सबैलाई विद्यालयमा हार्दिक स्वागत गर्दछौं ।
Testimonial
What they say
.....

